समाचार ९ मंसिर २०७९
गृहमन्त्री खाण दीपक बोहरा भन्दा ४७३ मतले पछाडि

ओमकार टाइम्स

रुपन्देही ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा भन्दा ४ सय ७३ मतले पछाडि परेका छन् । बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाणले २७ हजार १५८ मत पाएका छन् ।

करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेले १ हजार २ सय ११ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार