समाचार ३१ असार २०८०
सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन विश्वप्रकाश शर्माको सरकारलाई ध्यानाकर्षण

ओमकार टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी संस्थामा समस्या आएको भन्दै नियमन गर्नका लागि शक्तिशाली नियामक निकाय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी पीडितहरु आन्दोलनमा रहेको बताए ।  उनले केही सहकारीकर्मीहरुका कारण देशका सयौं सहकारीहरु आलोचित भएको बताए । 

उनले भने– ‘यसलाई नियमन गर्न सरकारले एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारी पीडितको मागलाई सम्बोधन गर्नुपर्ने, सहकारी पीडितको आन्दोलनमा आज पनि सरकारले हस्तक्षेप गरेको छ । माग पूरा गरेर समाधान गर्न आग्रह गर्दछु ।’ 

उनले हरेक २ वर्षमा श्रमिकहरुको ज्याला तोकिनुपर्ने व्यवस्था रहेको बताउँदैे भोलि साउनदेखि न्यूनतम तोकिनुपर्ने ज्यालाबारे सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बीचमा संवाद गरेर टुङ्गोमा पुर्याउनुपर्नेमा ध्यानाकर्षण गराए । 

यस्तै गत बैठकमा आकस्मिक समयमा विगतदेखि उठेका कुरा आएको बताउँदै त्यसमा सभामुखको कमजोरी भएको हो कि सांसदहरुले सभामुखलाई असहयोग गरेको हो भन्ने प्रश्न गर्दै त्यस्तो अवस्थामा सभामुखले रुलिङ गर्नुपर्ने बताए ।




प्रतिक्रिया