समाचार २२ वैशाख २०८१
सुर्खेतको मालपोत कार्यालयमा आगलागी

ओमकार टाइम्स

सुर्खेतको वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयमा आगलागी भएको छ । मालपोत कार्यालयको जिन्सी कोठा मा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो। आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया