समाचार २७ वैशाख २०८०
राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

ओमकार टाइम्स

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आकस्मिक समयमा बोल्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । देशमा बढिरहेको भष्टाचारका बिषयमा बोल्न राप्रपाका सांसद राजेन्द्र लिङदेन लगायतले बोल्न समय माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले बोल्नका लागि शून्य समय छुट्याएको बताउँदै बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । राप्रपाको अवरोधका बिच सभामुखले बैठक सुरु गरेपछि राप्रपा संसदहरुले रोष्टम घेरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार