समाचार १३ वैशाख २०८१
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

ओमकार टाइम्स

काठमाडौँ । १० वर्ष कैद सजाय तोकिएका एकजना फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ घर भएका लालमनि तिमिल्सेना छन् ।

५४ वर्षीय तिमिल्सेनालाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बहादुर बोहराले  बताए । 

उच्च अदालत दिपायलले २४ पुस २०८० मा उनीबिरुद्ध १० वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसला पछि उनी फरार थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार