मुख्य समाचार
महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए | कन्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु | यस्तो छ आजको लागि विदेशी मुन्द्राको विनिमयदर |

पत्र-पत्रिका १४ फाल्गुन २०८०
प्रचण्ड र ओली निरन्तर संवादमा

ओमकार टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । 

त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ ।  एमालेका एक नेताले प्रधानमन्त्री दाहालले 'ललिपप' देखाइरहेको बताएका छन् । 'कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,' ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ । एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार