मुख्य समाचार
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन : हिक्मत कुमार कार्की | महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए | कन्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु |

शेयर २७ असार २०८१
सेयर बजारको उत्साह कायमै, २३ अंकले सूचक बढ्दा पौने ६ अर्बको कारोबार

ओमकार टाइम्स

बुधवार पनि सेयर बजार परिसूचक नेप्सेमा आकर्षक वृद्धि भएको छ । अघिल्लो दिन १५.७९ अंकले बढ्दै २१ सय ५२ अङ्कमा उक्लिएको नेप्से सूचक आज थप २३.२५ अंकले बढ्दै २१ सय ७५.४० विन्दुमा उक्लिएको हो । 

उसो त आज कारोबार समेत ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आज डेभलपमेन्ट बैंक समूहबाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैङ्किङ समूहको उपसूचक १.६९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स १.५४ प्रतिशतले, फाइनान्स १.१५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ । 

निर्जीवन बीमा समूहको उपसूचक आज १.२९ प्रतिशतले बढ्दा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक भने ०.२९ प्रतिशतले घट्न पुगेको छ । 

१९३ कम्पनीको सेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज एसबीएल डिभेन्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयर धनीहरूले भने आज १० प्रतिशतले गुमाउन पुगेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार