राष्ट्रिय समाचार ६ चैत्र २०७९
मुख्यमन्त्री हिक्मत कुमार कार्की चढेको गाडीमा आक्रमण

ओमकार टाइम्स

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार मुख्यमन्त्री कार्की ओखलढुङ्गा पुगेका थिए । आइतबार एक कार्यक्रममा उनले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका थिए ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताले कडा सुरक्षासहित गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री चढेको गाडीको झण्डा समेत निकालेर फालेका छन् । कार्कीविरुद्ध चर्को नाराबाजी गर्दै गाडीमा आक्रमण गरे पनि प्रहरीले स्कटिङ गर्दै उनलाई त्यहाँबाट अगाडि बढाएको थियो । 


प्रतिक्रिया

डि के ६ चैत्र २०७९, सोमबार

जतिसक्दो प्रदेश खारेज गर्नु राम्रो हुन्छ नत्र यहि प्रदेशको निउमा धेरैकोज्यान जान्छ

सम्बन्धित समाचार