मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार स्वास्थ्य ४ जेठ २०८०
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान आरम्भ

रासस

काभ्रे । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । 

बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । 

कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । 

“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का डा ग्याम्पो दार्जेले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताए। उनले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरे । 

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीनथरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिए । उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् ।   जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् । 

प्रतिक्रिया