समाचार १५ श्रावण २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

ओमकार टाइम्स

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बसिरहेको छ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जारी छ । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि बैठक बोलाइएको हो । पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ । 




प्रतिक्रिया

सम्बन्धित समाचार