मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार २१ फाल्गुन २०७९
प्रधानमन्त्री प्रचण्ड भन्छन् : अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको छु

ओमकार टाइम्स

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’

तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि बिग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

उनले माओवादी आन्दोलनका सबै नेताहरु एकै ठाउँमा आउनुपर्ने समय आएको बताए । माओवादी जनयुद्धमा शीर्ष तहमा रहेका नेताहरु सम्मिलित कार्यक्रममा प्रचण्डले भने, ‘बाबुरामजी विप्लवजी, किरणजीले हासिल गरेका अनुभवहरु, धमेन्द्र जीले अहिले अनुभव हासिल गर्दै हुनुहुन्छ । यी सबै अनुभवलाई हाम्रा अनुभव भनौं ।’

अनुभवहरु एकत्रित गरेर एक ठाउँ हुँदा कुनै शक्तिले कमजोर बनाउन नसक्ने प्रचण्डले बताए । ‘घेराबन्दीका विरुद्ध म लडिरहेको छु । घेराबन्दीका विरुद्ध लडिरहेका सबै शक्तिहरु एकठाउँमा उभिएर लड्यौं भने आन्दोलन अमर र विजयी हुनसक्छ,’ प्रचण्डले भने ।’

प्रतिक्रिया