मनोरञ्जन २४ असार २०८१
अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्किइन्

ओमकार टाइम्स

अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्किएकी छन् । उनी ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट एक दशकपछि अभिनयमा फर्किएकी हुन् । 

सिरिजको अहिले अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन भैरहेको छ । उनी सन् २०१५ देखि अमेरिका रहदै आएकी छिन् । फिल्म ‘पिपल’ अभिनयपछि उनी अमेरिका हराएकी हुन् । 

सिरिजका निर्देशक बिमलेश अधिकारी हुन् । सिरिजमा बिमलेशकै मुख्य भूमिका रहनेछ । बिमलेसले यसअघि ‘ब्रेकफेल’ मा अभिनय गरेका थिए । 

सिचुएशनल कमेडी–ड्रामामा बन्ने सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै हुनेछ । विवेक चम्लागाईंको लेखन रहेको सिरिजले गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथा भन्छ ।

सिरिजमा राधाबाबु लम्साल र खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय रहनेछ । 




प्रतिक्रिया

सम्बन्धित समाचार