नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा २०वर्षको मोहम्द जे एच अजवानलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।>
रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका अजवानले नाबालिकालाई फेसबुकमा साथी बनाएर विभिन्न प्रलोभन देखाइ अश्लिल भिडियो तथा फोटो पठाउन लगाएका थिए । त्यसपछि अजवानले त्यही भिडियो र फोटोमार्फत ब्ल्याकमेलिङ गरेको र चरित्र हत्या गरेका थिए ।>
पक्राउ परेका अजवानविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।>
>
>
>
>>