मुख्य समाचार
मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा | अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद | कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने |

अन्तर्राष्ट्रिय १ मंसिर २०८०
अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लाग्यो : इजरायली सेना

एजेन्सी

तेल अविव । इजराइली प्रतिरक्षा फौज (आइडिएफ)  ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतङ्कवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल–कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलाबारुद्ध फेला परेको पनि उसले जनाएको छ । 

सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, “गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, शिफा अस्पताल परिसरभित्र एउटा हमास आतङ्वादी सुरुङ भेटियो ।” अर्को पोस्टमा उसले भनेको छ, “रान्तिसी अस्पतालभित्र आइडिएफ सैनिकहरूले अर्को एउटा आतङ्कावादी सुरु पत्ता लगाएका छन् ।”

आइडिएफका अनुसार सालदाग एसएफ एकाइ, सातौँ ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले शिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । “उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवासीमा ठूलो मात्रामा हतियार र गोलाबारुद थिए ।”

आइडिएफले अल–कुद्स अस्पतालभित्र हतियार र गोलाबारुदको तस्बिर एक्समा पोस्ट गर्दै भनेको छ, “अल–कुद्स अस्पतालभित्र ठूलो मात्रामा हतियार र गोलाबारुद फेला पर्यो, यी सबै पछिल्लो २४ घन्टामा भेटिएको थियो ।”

प्रतिक्रिया

सम्बन्धित समाचार