मुख्य समाचार
आजको राशिफल : २०८० साल चैत १६ गते शुक्रबार | भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार |

फेसबुकमार्फत मत मागेको आरोपमा प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

रासस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । 

फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार