समाचार २१ भाद्र २०८०
महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा

ओमकार टाइम्स

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।  

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै  कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए । 

पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताए ।




प्रतिक्रिया