अपराध २७ असार २०८१
लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

रेखा चौहान

दमक / ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सञ्चालक लक्ष्मण महर्जन रहेका छन् । 

औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । औषधि व्यवस्था विभागले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ । 

विभागको टोलीले २३० थान बिल नभएको औषधी बरामद गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया