राष्ट्रिय समाचार २९ चैत्र २०७९
ज्यान मार्ने उद्योगमा युवासंघ उर्लाबारी नगर संयोजक नितम चौहान पक्राउ

ओमकार टाइम्स

उर्लाबारी  । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी नेकपा एमाले निकट युवासंघ नेपाल उर्लाबारी नगर कमिटी संयोजक नितम चौहान पक्राउ परेका छन् । चौहानलाई  उर्लाबारीबाट पक्राउ गरिएको हो। यसअगि उनलाई उर्लाबारीमा घुशिया प्रहरीले बचाउ गर्दै आएको बताइन्छ । 

मंसिर-२ मा उर्लाबारी–६ मा रहेको तरल क्याफेमा दुई समूहबिच झडप भएको थियो । त्यस बेला उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन)समूहबिच झडप भएको थियो ।

पुरानो रिसिबीलाई लिएर धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको थियो । त्यस बेला तीन जना घाइते भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको थियो । चौहान फरार थिए । फरार चौहनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधवार जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा इलाका प्रहरी कार्यालय उर्लाबारीले प्रतिवादीसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । त्यसपछि सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोग बुझाउनेछ । थुनछेक बहसपछि प्रतिवादी चौहानको हकमा अदालतले आदेश गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार