बुधबार प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद सूर्य थापाले सहकारीको विषय निष्कर्षमा पुर्याउन नभएर गठबन्धनमा भ्वाङ पार्न उठाइएको बताएका हुन् ।>
कास्की जिल्ला अदालतमा विचाराधीन सूर्यदर्शन सहकारीको बिषय संसदमा बहसको बिषय बनाउनु हुन्न भनेर जान्दाजान्दै सो बिषय उठाउनुको उदेश्य गठबन्धनमा भ्वाङ पार्न सकिन्छ कि भन्ने कुचेष्ठा नै हो भनी थापाले गम्भीर आरोप लगाए ।
>
सहकारीको बिषय प्रतिपक्षमा बस्दा जाग्ने सरकारमा हुदा निदाउने भन्ने त हुदैन होला ? प्रधानमन्त्रीले पनि प्रतिपक्षको भाषा बोलिदिनु पर्ने हो भनी प्रश्न समेत गरे ।
>