मुख्य समाचार
मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा | अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद | कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने |

अन्तर्राष्ट्रिय १ मंसिर २०८०
इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

एजेन्सी

इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको  आइडिएफले जनाएको छ ।  नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ । 

इजरायली सेनाले दशजना आतङ्ककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ। सन् २०१० को मावी मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ । बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए ।

इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो ।  सो क्रममा फ्लोटिलाको सबैभन्दा ठूलो जहाज मावी मारमारामा हिंस्रक झडपमा परेको थियो । सन् २००७ मा हमासले गाजा माथि नियन्त्रण कब्जा गरेपछि  इजरायली नौसेनाले इरानी हतियारहरू समुद्री मार्गबाट स्ट्रिपमा तस्करी गर्ने प्रयासहरूलाई रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार