समाचार २६ माघ २०७९
साफ महिला यू-२० को फाइनलमा नेपाल र बंगलादेश भिड्दै

ओमकार टाइम्स

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।बंगलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मङ्गलवार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिड्न लागेका हुन ।

यस जितसँगै तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अंक विहीन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार