अपराध २३ भाद्र २०८०
अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जना पक्राउ

ओमकार टाइम्स

काठमाडौँ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलङ्की क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ । 

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो । नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ । 

यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चा टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरू भेटिन्छन् । उनीहरूमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरूको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

गणेश आचार्य एसवी जब सर्भिस लिङ्कसँग आबद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ । तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको सङ्ख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन ।

गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदै छन् भन्ने गुनासो टिपाइएको थियो । सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार, काम पाइन्छ भनेर कम्पनीमा जानेहरूसँग तलब स्केल देखाएर त्यसबापत शुल्क उठाउने गरेको गुनासो आएको हो । शुल्क उठाउनेहरू बेपत्ता हुन थालेपछि गुनासो आउन थालेको हो । पैसा पनि लगे । कम्पनी भएको कोठा पनि बन्द छ । पहिले कुरा हुने गरेको मोबाइलमा फोन लाग्दैन । गुनासो गर्नेहरूले विवरण टिपाए । यसपछि रोजगारमूलक सामग्रीमाथि महानगर प्रहरी बलले दृष्टि राख्न थालेको हो ।

यस्ता घटना हेर्दा प्रचार सामग्रीले सहरी सुन्दरता बिगारेको मात्र होइन, गलत प्रचारबाट धेरै व्यक्तिहरू समस्याको सिकार पनि बनाएको देखिन्छ ।




प्रतिक्रिया

arachni_name) ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1)

arachni_name ६ असोज २०८०, शनिबार

1

arachni_name"'`-- ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1"'`--

सम्बन्धित समाचार