मनोरञ्जन ३ कार्तिक २०८०
कलाकार त्रिपाठीले अमेरिकामा गरे एक वर्षमा ९६ कार्यक्रम

ओमकार टाइम्स

काठमाडौँ । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ अहिले अमेरिका टुरमा छन् । करिब डेढ वर्षदेखि अमेरिका टुरमा रहेका उनले अहिलेसम्म थुप्रै कार्यक्रम गरिसकेका छन् । अमेरिकामा करिब एक वर्ष ९६ कार्यक्रम गरेको उनले बताए ।

साङ्गीतिक कार्यक्रममा उनले जादु, कमेडी प्रहसन र नृत्य प्रस्तुत गर्ने गरेका छन् । केही कार्यक्रममा उनले भगवान् महादेवको अवतारमा समेत प्रस्तुति दिने गरेका छन् ।

केही अगाडि विपुल क्षेत्री साँझ नाम कार्यक्रम सकाएका उनले भर्खर गायिका बिमाकुमारी दुरा, शशिकला मोक्तान, दिनेश सुनार, सुस्मिता श्रेष्ठ, अमर अनराग श्रेष्ठलगायतको सहभागितामा नेपाली भान्सा घर म्युजिकल लाइभ सकाएका छन् । यो कार्यक्रम केही समयदेखि प्रत्येक बुधबार र शनिबार आयोजना हुँदै आएको छ ।

कार्यक्रममा उनको नृत्य नेपाली मौलिक गीतमा रहने गरेको छ । कमेडी भने उनले समसामयिक र राजनीतिक विषयमा गर्ने गरेका छन् । जसमा उनले दर्शक दीर्घबाट वान्समोरको हुटिङ समेत पाउनेछन् ।

कार्यक्रममा उनको नृत्य नेपाली मौलिक गीतमा रहने गरेको छ । कमेडी भने उनले समसामयिक र राजनीतिक विषयमा गर्ने गरेका छन् । जसमा उनले दर्शक दीर्घबाट वान्समोरको हुटिङ समेत पाउनेछन् ।




प्रतिक्रिया

सम्बन्धित समाचार