आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।
उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ।>
४६ बलमा अर्धशतक पूरा गरेका वासिमलाई सन्दीप लामिछानेले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।>
दोस्रो विकेटका लागि वासिमले वृत्य अरबिन्दसँग ७९ रनको साझेदारी गरेका थिए।>
त्यसअघि अर्का स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। युएईले १८ औं ओभरको समाप्तीमा १०० रन पूरा गरेको छ।