काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ।>
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो। अभियुक्तहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा यो मुद्दाका अभियुक्तको बयान लिन थालिएको हो।>
अहिले पक्राउ परेकाको बयान सकेर थुनछेक आदेश आउने छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये १६ जना हिरासतमा छन्। बाँकी १४ जना फरार छन्।>
रायमाझी र खाणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी पक्राउ परेका छन्।>
बादलका छोरा प्रतिक र इन्द्रजितका छोरा निरजसहित १४ जना फरार छन्। उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ।>
>>