अपराध १ मंसिर २०८०
वीरगन्जबाट २ जना नक्कली नोट सहित पक्राउ

ओमकार टाइम्स

काठमाडौं। प्रहरीले पर्साको वीरगन्जबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्जकै २४ वर्षीय रिसिलाल पटेल र बाराको कलैयाका २५ वर्षीय उमेश कुमार रहेका छन्।

उनीहरुको साथबाट एक हजार दरका ३५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

उनीहरुमाथी खोटा चलन मुद्धामा अनुसन्धान भइरहेको छ। विरगन्जस्थित सिटी मार्केटमा कपडा खरिद गर्दा उनिहरुले नक्कली नेपाली नोट दिएको प्रहरीको दावी छ।



प्रतिक्रिया

सम्बन्धित समाचार