मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

अर्थतन्त्र व्यापार १ कार्तिक २०७९
निगमद्वारा कोषलाई तिर्नुपर्ने ऋणको ७३ करोड ९ लाख रुपैयाँ किस्ता भुक्तानी

ओमकार टाइम्स

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

 निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता  गणेश कुमार घिमिरेले जानकारी दिए । 

विगत तीन वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकामा निगमको सुधारबाट आम्दानीमा बृद्धि भएपछि किस्ता तिर्न सकिएको निगमको भनाइ छ । 

साउन ३१ गते पछिल्लो भुक्तानीअघि असार ३० गते पनि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार