समाचार १६ माघ २०७९
पोखरामा आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा निधन

ओमकार टाइम्स

पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका-१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक (डिएसपी) सुभाष तिमिल्सिनाले बताए ।

घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार