मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार मनोरञ्जन २९ वैशाख २०८०
‘बागमती गट ट्यालेन्ट’ आयोजना हुने

ओमकार टाइम्स

काठमाडौँ । एएनपी मिडिया हाउसले ‘बागमती गट ट्यालेन्ट’ आयोजना गर्ने भएको छ । बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभालाई अगाडि ल्याउने उद्देश्यले शो आयोजना गर्न लागेको हो । ‘शो’ का लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडाै‌मा चरणवद्ध रुपमा अडिसन हुनेछ । नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौँमा ल्याएर डिजिटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरूलाई रियालिटी शो मा सामेल गरिनेछ ।

‘रियालिटी शो’ को अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कार स्वरूप जनही नगद एक लाख रुपैयाँ तथा फस्ट रनर्स अपलाई जनही ३० हजार र सेकेन्ड रनर्स अपलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । अडिसनको सुरुवात धादिङबाट भइसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक लव कार्कीले जानकारी गराए । उनका अनुसार ‘रियालिटी शो’ मा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिनेछ ।

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ ‘रियालिटी शो’ मा मिथिला शर्मा, गौरी मल्ल, आनन्द कार्की र देवीका वन्दनाको मार्गदर्शनमा हुनेछ । राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने ‘रियालिटी शो’ मा निर्देशन लवबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुइँटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यवस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपूत रहेका छन् ।

विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्तर्निहित गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालिटी शो गर्न लागेको आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लवबहादुर कार्कीले बताए ।

प्रतिक्रिया