मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

तेहरीके इन्साफको दाबी – इमरान खान भर्चुअल हाउस अरेस्टमा

एजेन्सी

  पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीके इन्साफका नेता इमरान खानले एक ट्वीटमा आफ्ना नेता मुराद सईदको ज्यानमा खतरा रहेको र एजेन्सीहरू उनको पछि लाग्ने बताएका छन्। अर्कोतर्फ, पाकिस्तान तहरीके इन्साफले खानलाई भर्चुअल हाउस अरेस्टमा राखिएको जनाएको छ।

इमरान खान बसेको लाहोरको इलाकामा लगातार दोस्रो दिन इन्टरनेट बन्द भएकाले पार्टीले यस्तो भनेको हो । जसका कारण इमरान खानले मिडियासँग कुरा गर्न पाएका छैनन् । अर्कोतर्फ, मुराद सईदलाई दिइएको धम्कीलाई लिएर खानले पाकिस्तानका प्रधानन्यायाधीशलाई पत्र लेखेर आफ्नो सुरक्षा मुख्य न्यायाधीशले मात्रै सुनिश्चित गर्न सक्ने बताएका छन्।

पीटीआई अध्यक्षले भने, ‘माननीय प्रधानन्यायाधीश, पूर्व केन्द्रीय मन्त्री मुराद सईदले तपाईंलाई आफ्नो जीवनमा गम्भीर खतराको बारेमा जानकारी दिएका थिए।अब प्रधानन्यायाधीशले मात्र आफ्नो सुरक्षा सुनिश्चित गर्न सक्छन्। अर्शद शरीफ जस्तै, उनलाई पनि एजेन्सीहरूले पछ्याइरहेका छन्।’

यसैबीच, लाहोरस्थित खानको निवास जमान पार्कमा दोस्रो दिन पनि इन्टरनेट सेवा बन्द छ। जसका कारण दोस्रो दिन पनि खान सामाजिक सञ्जालमा लाइभ हुन सकेनन् । तेहरिके इन्साफका अनुसार इमरान खान अहिले भर्चुअल घरमै नजरबन्दमा छन्।

प्रतिक्रिया