बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' ले बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। >
फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको छ। भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। >
उनका अनुसार सार्वजनिक विदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। >
‘पठान’ ले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ५३ करोड ९५ लाख भारू कमाएको थियो।>
‘पठान’ यशराज ब्यानरबाट बनेको फिल्ममा सर्वाधिक ओपनर फिल्म हो। यसै ब्यानरबाट बनेको फिल्म ‘वार’ ले ५१ करोड ६० लाख भारू कमाएको थियो। >
विभिन्न रेकर्ड राखिरहेको ‘पठान’ दोस्रो दिन भारतको गणतन्त्र दिवसको अवसरमा अझै बढी कमाउने फिल्मकर्मीको अपेक्षा छ। उनीहरूका अनुसार दुई दिनमा फिल्मले १ सय करोड सजिलै कमाउने छ। >
>
भारतमै ५५ करोड भारू कमाएको फिल्मले विश्वभरबाट १ सय करोड बढी कमाएको अनुमान छ। >
‘पठान’ प्रदर्शन हुनुअघि बहिष्कार गर्न माग उठिरहेको थियो। तर फिल्म प्रदर्शन भएपछि दर्शकको राम्रो साथ पाइरहेको छ।>
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।>
‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। >
शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। >
निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।>>
1
1)
1
1
1"'`--