राजनीति ३० चैत्र २०८०
मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग छलफल

ओमकार टाइम्स

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीक प्रेसविज्ञले बताएका हुन्

उनले भने, ‘सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता भइरहन्छन् । आज पनि त्यही समसामयिक विषयमा छलफल भएको हो ।

दुई नेताहरूबीच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइन्छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

आजको क्याविनेटबाट हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार