समाचार ३ असार २०८०
रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बरको बोलरो गाडी बरामद

ओमकार टाइम्स

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बरको बोलरो गाडी बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी अस्थायी बेस क्याम्प दुधियाभारका प्रमुख इन्स्पेक्टर आवेश पुन को कमान्डमा गएको टोलीले शिवनगर स्थित उक्त गाडी बरामद गरेको हो। 

इन्स्पेक्टर पुनको टोलीले गरुडा ५ शिवनगर स्थित चेकजाँचको क्रममा भन्सार महसुल नतिरेको बिआर २२ प १९५७ नम्बरको भारतीय बोलेरो गाडी बरामद गरेको  सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्का रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताए ।  


बरामद गाडीको ७ लाख रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको एसपी रेग्मीले जानकारी दिएका छन् । पछिल्लो समय रौतहटमा भारतीय गाडीको अत्यधिक चहलपहल बढेन गरेपछि चेकजाँचलाई तीव्रता दिइएको छ ।




प्रतिक्रिया