मुख्य समाचार
मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै तोगीका युवा | अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन | सर्वसाधरणलाई घर–घरमा गएर बीमा सेवा दिन बीमकहरुलाई निर्देशन | नेप्से सूचकमा ३ अंकको वृद्धि | एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते | डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ | राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलका लागि सात एजेन्डा पेश | चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबिच इजरायल–हमास युद्धबारे छलफल | निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद | कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने |

अपराध १ मंसिर २०८०
कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ, ३ जना अझै फरार

ओमकार टाइम्स

काठमाडौं। बर्दियाको गुलरियामा सामूहिक कुटपिटबाट भएको हत्यामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। यो घटनामा अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ।

गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या भएको थियो। पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, १८ वर्षीय किशोर, गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय दिपेश बुढामगर, गुलरिया नगरपालिका-८ बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका-८ बस्ने १९ वर्षीय दिनानाथ चौधरी, गुलरिया-४ बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका(३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।

गुलरिया नगरपालिका-५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार