अपराध २७ असार २०८१
वेश्यावृत्ति गराएको अभियोगमा दुई जना पक्राउ

रेखा चौहान

दमक / नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तान रहेका छन् । उनिहरूलाइ मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट प्रहरीले पक्राउ गरेकाे हाे । 

सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले जनाएकाे छ । 




प्रतिक्रिया