गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १० औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताए ।>
उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । “राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यावधिमा जान दिँदैनौँ, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउँछौँ”, मुख्यमन्त्री अधिकारीले भने ।>
अहिले देशमा सामाजिक र राजनीतिक अराजकता बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिन नयाँ समीकरण निर्माण गरेको बताए । एमालेले आगमी चुनावलाई मिसनका रूपमा लिएको बताउँदै एमालेको पक्षमा जनलहर आइरहेको दाबी गरे । उनले आगामी निर्वाचनमा एमालेको बहुमत आए पनि विचार मिल्ने राजनीतिक दलसँग सहकार्य भने जारी राख्ने बताए । >
>
>>>>