समाचार सुन-चाँदी २ चैत्र २०७९
प्रतितोला एक हजारले बढ्यो सुन, चाँदीको मूल्य कति?

ओमकार टाइम्स

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 

बुधबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। 

बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय पन्ध्र अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार