काठमाडौँ । सापु रोग वर्ष यामपछि भदौदेखि मंसिरसम्म लाग्ने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सापु रोगमध्ये पहाडी क्षेत्रमा देखिने गर्छ ।>
यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टासम्म उपचार नगरिएको खण्डमा आँखाको दृष्टि गुम्न सक्ने सूचना उल्लेख गरिएको छ ।>
सेतो पुतलीबाट सर्ने सापु आँखाभित्रका तीनवटै पत्रमा संक्रमण गर्छ । यस पुतलीका रौँहरूमा नाइट्रिक अक्साइड र पोटासियम साइनाइडको रियाक्सनले आँखामा क्षति पुर्याउछ । जसले गर्दा आँखाको दृष्टि गुम्न समेत मन्त्रालयले जनाएको छ ।>
यस्तै, समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जाने मन्त्रालयले जनाएको छ ।>
यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जानुपर्छ । आफू खुसी औषधि वा जडिबुटिको प्रयोग नगर्न सुझाव छ । >
सापु रोगका लक्षणहरू>
–एक्कासी आँखा रातो हुनु>
–चिप्रा नलाग्नु>
–उज्यालेमा हेर्न नसक्नु>
–आँखा दुख्नु>
–तत्काल आँखाको दृष्टिमा कमी हुनु>
–उपचारमा ढिलाइ हुँदा कालो नानीमा सेतो देखिनु>
रोकथामका उपाय>
–सेतो पुतलीको संसर्गबाट टाढै रहने>
–धेरै उज्यालो बत्ती नबाल्ने>
–साँझ र राती झ्याल ढोकामा बन्द गर्ने>
–सुत्ने कोठामा मधुरो बत्ती निभाएर वा झुल लगाएर सुत्ने >
>
>>
1
1)
1
1"'`--
1