समाचार १ असार २०८१
मकवानपुरबाट एक सय किलो गाँजा बरामद

रेखा चौहान

दमक / मकवानपुरमा एक सय किलो लागूऔषध गाँजा बरामद भएको छ ।थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद गरेको प्रहरीले कताएकाे छ । 

प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो । मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 
  

प्रतिक्रिया

सम्बन्धित समाचार