मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

आईपीएलको दोस्रो क्वालिफायर आज : मुम्बईविरुद्ध गुजरातलाई घरेलु मैदानको फाइदा

एजेन्सी

अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच दोस्रो क्वालिफायर खेल हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ । विजेता टोलीले मे २८ मा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग फाइनल खेल्नेछ भने हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ ।

मुम्बई इन्डियन्स लिग चरणपछि अंक तालिकामा चौथो स्थानमा रहेको छ । टोलीले १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक जोडेको छ । रोहित शर्माको नेतृत्वमा रहेको टोलीले एलिमिनेटरमा लखनउ सुपरजाइन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको हो । 

टोली १०औं पटक प्लेअफमा पुगेको छ, टोलीले प्रतियोगिताको शीर्ष ४ चरणमा अहिलेसम्म १९ खेल खेलेको छ । उसले १३ मा जित र ६ मा मात्र हार बेहोरेको थियो । गुजरातविरुद्धको टोलीमा ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेनडर्फ, टिम डेभिड र क्रिस जोर्डन हुन सक्छन् । यसबाहेक ब्याटिङ पिच हेर्दा अलराउन्डर ऋतिक शोकिनको स्थानमा विशेषज्ञ स्पिनर कुमार कार्तिकेयलाई मौका मिल्न सक्छ ।

साविक विजेता गुजरात टाइटन्स लिग चरणको शीर्ष स्थानमा रहेको थियो । टोलीले १४ खेलमा १० जित र ४ हारबाट २० अंक बनाएको थियो, तर क्वालिफायर-१ मा टोलीले चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । 

टोलीले फाइनलमा पुग्ने दोस्रो मौका पाएको हो । गुजरातले आजको खेलमा घरेलु मैदानको फाइदा उठाउन सक्छ। यहाँ टोलीले अहिलेसम्म ८ खेल खेलेको छ जसमध्ये ५ खेलमा जित निकालेको छ ।

मुम्बई विरुद्ध गुजरातका ४ विदेशी खेलाडी राशिद खान, नूर अहमद, डेभिड मिलर, दासुन शानाका र अल्जारी जोसेफ हुन सक्छन्। टोलीले दर्शन नल्कांडेको स्थानमा शिवम मावी वा अभिनव मनोहरलाई मौका दिन सक्छ भने शनाकाको स्थानमा जोसेफलाई मौका दिन सक्छ ।

मुम्बई इन्डियन्सले आफ्नो १०औं प्लेअफमा चौथो क्वालिफायर-२ खेल्नेछ । पहिले टोली तीन पटक क्वालिफायर–२ मा प्रवेश गरेको थियो । त्यसमध्ये टोलीले २ जित र १ हार बेहोरेको थियो । 

टोली सन् २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो । २०१२ देखि टोलीले २ वटा क्वालिफायर-२ खेलेको थियो । जसमा दुबै खेल जित्न सफल भएको थियो । २०१३ मा टोलीले राजस्थान रोयल्स र २०१७ मा कोलकाता नाइट राइडर्सलाई हराएको थियो।

अर्कोतर्फ, गत वर्ष आईपीएलमा सामेल भएपछि गुजरातले पहिलो पटक क्वालिफायर-२ खेल्नेछ। गत सिजन टोलीले पहिलो क्वालिफायर र फाइनल जितेर ट्रफी उचालेको थियो।

प्रतियोगिताको लिग चरणमा यी दुई टोली अहिलेसम्म तीन पटक भिडेका छन्, जसमा मुम्बईले दुई पटक जितेको छ भने गुजरातले एक पटक जितेको छ। यस सिजनमा दुवै टोलीले एक–एक खेल जितेका थिए ।  तर अहमदाबादमा भएको खेल गुजरातले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार