मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार १८ माघ २०७९
राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी

ओमकार टाइम्स

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।

‘गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिर अनेक खालका दबाब छन् । रबीजी मुद्दा नसल्ट्याएर फर्किन खोज्दै हुनुहुन्छ । पार्टीबाट मलाई बनाउनुपर्याे भनेर दबाब आइराखेको छ’प्रधानमन्त्री निकट एक नेताले भने, ‘प्रधानमन्त्री ज्यू गृह सहित तीन मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म कसैलाई दिने पक्षमा हुनुहुन्न ।’ राष्ट्रपतिको चुनावका विषयमा सहमति भइनसकेकाले तीन मन्त्रालय आफैसँग राखेमा डिल गर्न सहज हुने बुझाइमा छन् । 

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा छन् । यो संसद्लाई पाँचै वर्ष चलाउन विवेक प्रयोग गर्न सक्ने र राष्ट्रिय व्यक्तित्व खोजी गरिएको छ । त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न एमाले, काङ्ग्रेससहित सबै दलको सहमत गराउनुपर्ने छ । त्यस्तो अवस्थामा कुनै दल चिढिएमा मिलाउन सहज हुने भएकाले तीनै मन्त्रालय प्रचण्डले आफैसँग राख्ने भएका हुन् । राष्ट्रपति र उपराष्ट्रपतिमा एक खालको समझदारी बनाएर गएपछि सबै मन्त्रालयको भागवण्डा गर्न समेत सहज हुने बताएको छ । त्यो अवस्थासम्म रास्वपा र एमालेलाई कसरी चित्त बुझाउँछन् परिस्थितिले निर्धारण गर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार