मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार ८ मंसिर २०७९
तोसिमा कार्कीको सम्बोधन : यो जीत होइन जिम्मेवारी हो, गर्व गर्नलायक सांसद बनेर देखाउँछु

ओमकार टाइम्स

ललितपुरको क्षेत्र नम्बर ३ बाट विजयी बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतदाताहरुप्रति आभार प्रकट गरेकी छन् । आज जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिएपश्चात छोटो सम्बोधन गर्दै उनले मतदाताहरुको आशालाई निराशामा परिणत नगर्ने बताइन् ।

डा. कार्कीले आफ्नो जीतलाई जिम्मेवारीका रुपमा व्याख्या गरिन् । उनले आफ्नो जीतलाई विजय जुलुसका रुपमा नभएर जिम्मेवारी यात्राको सुरुवातका रुपमा मनाउन समर्थकहरुलाई आग्रह गरिन् ।

‘यो जीत होइन, जिम्मेवारी हो । म यसलाई विजयी जुलुसका रुपमा होइन, जिम्मेवारी यात्राको सुरुवातका रुपमा मनाउन चाहन्छु’, उनले भनिन्, ‘विजय तबमात्र स्थापित हुन्छ, जब मैले तपाईंहरुसँग गरेका प्रतिबद्धता पूरा गर्न सक्छु । त्यही दिन जीतको उत्सव मनाउनेछु ।’

उनले आफू प्रतिनिधिपात्र मात्र रहेको भन्दै जीतको श्रेय यस क्षेत्रका मतदाताहरुमा टक्र्याउने बताइन् ।

तोसिमाले भनिन्, ‘ममाथि जुन आशा लिनुभएको छ, म यसको अगाडि ‘निर’ थपेर ‘निराशा’मा परिणत गर्नेछैन । मलाई जुन विश्वास गर्नुभएको छ, यसको पछाडि घात थपेर विश्वासघात हुन दिन्न ।’

जनताको आशाؘ–विश्वासलाई हृदयभित्र जगेर्ना गर्ने उनले बताए । पाँच वर्ष सदनमा समग्र देशवासीले गर्व गर्नलायक सांसद बनेर उभिने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

‘म जनमुखी मुद्दाहरुमा बुलन्द रहनेछु । तपाईंहरुले निरन्तर खबरदारी गरिरहनुहोला । सांंसद भवनमा मेरो भूमिका कुर्सीमुखी होइन, जनमुखी हुनेछ’, उनले भनिन् ।

प्रतिक्रिया