अपराध १ श्रावण २०८०
एलओडीका म्यानेजर प्रहरीको हिरासतमा

ओमकार टाइम्स

काठमाडौँ । काठमाडौँ प्रहरीले ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का म्यानेजरलाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धानका लागि म्यानेजर सहदेव सेढाईंलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले  बताए ।

रिजालका अनुसार म्यानेजर सेढाईं असार २८ देखि टेकुस्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् । जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लब प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालकहरू राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले ‘जिम्मा जमानी’मा छाड्न निर्देशन दिएको थियो ।

संचालकहरु रिहा भएकै दिन म्यानेजर पक्राउ परेका हुन् । सञ्चालक र म्यानेजर विरुद्ध ‘बालबालिका सम्बन्धी कसुर’मा अनुसन्धान भइरहेको एसपी रिजालले जानकारी दिए । काउन्टरमा कार्यरत सपना ढुङ्गानालाई प्रहरीले सोधपुछ पछि कागज गरेर छाडेको छ ।

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया