मुख्य समाचार
महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन | धुलिखेलमा आगलागीमा परि वृद्धाको मृत्यु , लाखौं बराबरको क्षति | झापामा सरकारले तोकेको भन्दा बढी मुल्यमा किसानको धान खरिदबिक्री | भारतीय मूलकी रुबी ढल्ला क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा | आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने छ : प्रचण्ड | तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो १२१ ड्रोनको हमला | काठमाडौँ महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति | नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाए | कन्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु | यस्तो छ आजको लागि विदेशी मुन्द्राको विनिमयदर |

पत्र-पत्रिका १३ फाल्गुन २०८०
बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

ओमकार टाइम्स

काठमाडौँ । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “बजेट खोज्दै छौँ ।

मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । त्यस बेला तत्काल पदक तयार गर्न समय अभावले सम्भव नभएकाले फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने भनी पुरस्कृत भएकालाई मौखिक जानकारी दिइएको थियो । मन्त्रालयले बजेट छिटै उपलब्ध भइसक्ने र पदक तयार गर्दा बढीमा दुई महिना लाग्ने अनुमानका भरमा फागुनमा पुरस्कार वितरण गर्ने सोच बनाएको थियो । 

यतिबेला पदकका लागि नाम सार्वजनिक भएकाले दैनिक जसो मन्त्रालयका पदाधिकारीलाई फोन गर्दै जिज्ञासा राख्ने गरेका छन् । मन्त्रालयका एक अधिकारीले दैनिक आउने गरेका फोनको जवाफ दिँदा दिँदा आफूहरू हैरान भइसकेको भन्दै उनीहरूलाई मन्त्रालयसँग रकम नभएको भन्न पनि कठिन भइरहेको बताए । २०३१ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७९ सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार