समसामयिक ४ चैत्र २०७९
आजको मौसम : मेघ गर्जन सहित वर्षाको सम्भावना

ओमकार टाइम्स

काठमाडौं । शनिबार देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ/हावा हुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का पानी परिरहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार