समाचार ७ फाल्गुन २०७९
यस्तो छ आज दिनभरको मौसम

ओमकार टाइम्स

 आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेकाले आज मुख्यगरी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ। आज राति पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने छ।

विभागका अनुसार भोलि फागुन ८ गते पनि देशको पहाडि भूभागमा आंशिक बदली कायमै रहने छ । प्रदेश १ र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ। सोहीअनुसार फागुन ९ गते मंगलबार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सो राति सोही प्रदेशको उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात पनि हुनेछ। विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली सँगै तराईका जिल्लाको केही भूभागमा विहानीको समयमा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार