खेल १७ श्रावण २०८१
काभा महिला भलिबल आजदेखि, पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै

ओमकार टाइम्स

 काभा महिला नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ। लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार