क्यानाडामा जारी ग्लोबल टी-२० मा नेपाली दुई स्टार सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीको टीमले लगातार खराब प्रदर्शनको सिलसिला दोहोर्याएको छ । आज भएको खेलमा भ्यानकुभरले लगातार चौंथो हार व्यहोर्यो ।>
ब्राम्प्टन उल्भ्सविरुद्धले भ्यानकुभरलाई ६ विकेटले पराजित गरेको हो । यो हारसँगै ६ टीम सम्मिलित प्रतियोगितामा भ्यानकुभर अंकतालिकाको पुछारमा कायम रहेको छ । अब बाँकी तीनवटै खेल जिते पनि क्यालिफायरमा पुग्न कठिन हुनेछ । क्रिस लिनको कप्तानीमा रहेको मोन्ट्रियल टाइगर ३ खेलमा सतप्रतिशत नतिजासहित पहिलो स्थानमा रहेको छ ।>
ब्राम्प्टनविरुद्धको खेलमा भ्यानकुभरले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । अग्रपंतिका ब्याट्सम्यानहरूले स्लो ब्याटिङ गर्दा टिमले ठूलो स्कोर खडा गर्न चुक्यो । खराब फर्ममा रहेका कप्तान उस्मान ख्वाजाले १९ बलमा १७ रन बनाए । उनको ओपनिङ जोडीका रुपमा आएका मुनिर अहमद १९ बलमा २१ रन बनाएर आउट भए ।>
रिजा हेन्ड्रिक्सलाई तेस्रो नम्बरमा झारिएको थियो । उनले पनि १०० भन्दा कमको स्ट्राइक रेटमा ब्याटिङ गर्दै ३० बलमा २७ रन मात्रै बनाउन सके । हर्ष ठाकर ३ रनमा आउट भएपछि रिची बेरिङटन र आसिफ अलिले टिमको स्कोर अलिकति उकासेका थिए । बेरिङटनले २५ बलमा ३८ रन तथा अलिले १७ बलमा ३६ रन बनाए ।>
>>>
नेपालका दिपेन्द्रले ब्याटिङको पालो नै पाएनन् । यसअघि उनलाई छैटौं नम्बरमा पठाइने गरेको थियो । तर, हिजो उनको स्थानमा आसिफलाई पठाइयो । दीपेन्द्रले अघिल्लो म्याचमा आक्रामक ब्याटिङ गरेका थिए ।>
ब्याट समाउन नपाए पनि दिपेन्द्रले पहिलो पटक ग्लोबल टी-२० मा बलिङ गर्न पाएका छन् । उनले बलिङमा ४ ओभरको कोटा पूरा गरे । सन्दीपभन्दा अगाडि दीपेन्द्रलाई बलिङमा उतारिएको थियो । आफूलाई अलराउन्डर पुष्टि गर्दै दिपेन्द्रले सबैभन्दा किफायती बलिङ गरे । उनले विकेट लिन नसके पनि ४ ओभरमा १८ रन मात्र खर्चेर विपक्षी ब्याट्सम्यानलाई दवावमा राखेका थिए ।>
भ्यानकुभरका प्रमुख स्पिनरका रुपमा रहेका सन्दीप लामिछाने भने महंगा सावित भए । उनले तीन ओभरमै ३९ रन खर्चिएका थिए । उनी एक विकेट लिन भने सफल भए । प्रतियोगितामा सन्दीपको विकेट संख्या ५ पुगेको छ ।>>
>>>>>