राष्ट्रिय समाचार २३ माघ २०७९
अन्त्येष्टिका लागि लगेको शव आर्यघाटबाट प्रहरीको नियन्त्रणमा

ओमकार टाइम्स

काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका-३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको थियो । बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा ल्याइएको थियो ।

तर शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

प्रतिक्रिया