१३ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । >
अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खचाखच भरिएका एक लाख ३० हजारभन्दा बढी समर्थक निराश बने । तेस्रोपटक एकदिवसीय विश्वकपको उपाधि जित्ने आशामा रहेका करोडौँ भारतीय समर्थकको विश्वासमा तुषारापात गर्दै अस्ट्रेलियाले कीर्तिमान रुपमा छैटौँ पटक उपाधि चुमेको हो ।>
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गरेको हो । >>